सयपत्री गोल्डकप : फर्साटिकर युवा क्लब विजयी

स्वस्तिक श्रेष्ठ
२७ कार्तिक २०७६, बुधबार १९:१५

बुटवल। रुपन्देहीमा जारी स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लब फर्साटिकर फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमीफाईनलमा आयोजक सयपत्री युवा क्लबलाई ३–१ गोलले स्तब्ध पार्दै फर्साटिकर उपाधि दाबेदारी पेश गरेको हो ।

रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको छैटौ मिनेटमा फर्साटिकरका क्याप्टेन मुकेश कुवरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । फर्साटिकरका अमित लामाले खेलको ३४ औ मिनेटमा गोल थपे । खेलको ६६ औ मिनेटमा फर्साटिकरका टिकराज गुरुङ गोल गर्दै जित सुनिश्चित गरेका थिए । खेलको ५५ औ मिनेटमा सरोज योन्जनले पेनाल्टीमार्फत सान्त्वना गोल गरेका थिए । खेलमा फर्साटिकरका विश्व थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । विहिबार दोस्रो सेमीफाईनल खेलमा सुनौलो संगम युवा क्लबले भैरव देशभक्त नवलपरासीसंग सेमीफाईनलमा सामना गर्ने सचिव सन्तोष गुरुङले बताए ।

कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*