सयपत्री गोल्डकप : सुनौलो संगम फाईनलमा प्रवेश

खबरपथ संवाददाता
२८ कार्तिक २०७६, बिहीबार १९:१०

बुटवल । रुपन्देहीमा जारी स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सुनौलो संगम युवा क्लब देविनगर फाईनलमा प्रवेश गरेको छ । भैरव देशभक्त बर्दघाटलाई १–० गोलले स्तब्ध पार्दै सुनौलो संगमले उपाधि दाबेदारी पेश गरेको हो ।

उपाधिका लागि शनिबार सुनौलो संगमले फर्साटिकर युवा क्लबसंग फाईनल भिडन्त गर्ने छ ।रामनगर खेलमैदानमा भएको खेलमा सुनौलोको जितमा मोहन थापा नायक रहे । उनले खेलको ४० औ मिनेटमा एकमात्र गोल गरेका थिए । अतिरिक्त समयमा भैरवका तर्फबाट गोलका प्रयासहरु भएपनि सुनौलो संगमका गोलकिपर युगल थापाले रोकिदिएका थिए । खेलमा सुनौलो संगमका मोहन थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*