सयपत्री गोल्डकपको उपाधी सुनौलो संगमलाई

खबरपथ संवाददाता
३० कार्तिक २०७६, शनिबार १९:२८

बुटवल । रुपन्देहीमा सम्पन्न स्व ज्ञान बहादुर गुरुङको स्मृतिमा आयोजित चौथो सयपत्री नकआउट फुटवल प्रतियोगिताको उपाधि सुनौलो संगम युवा क्लबले जितेको छ ।

शनिबार भएको फाईनलमा फर्साटिकर युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै सुनौलो संगमले नगद २ लाख २ हजार २ सय २२ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेतामा चित्तबुझाएको फर्साटिकर नगद १ लाख १ हजार १ सय ११ रुपैया कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

रामनगर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुनौलो जितमा फर्साटिकरका आकाश रानाले सुसाइड ग‍ोल निर्णायक भयो । सुनौलो संगमको मोहन थापाको क्रसलाई फर्साटिकरका डिफेन्स आकाश रानाले बचाउने क्रममा गोल गरे ।

निर्धारित समयमा एकमात्र गोलमात्र भयो । खेलमा फर्साटिकरका सुरज हमाल म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा सुनौलो संगमका मोहन थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार र कपबाट पुरस्कृत भए । यसैगरि सुनौलोका कान्छा गुरुङ उत्कृष्ट अग्रपंक्ति खेलाडी, युगल थापा उत्कृष्ट गोलकिपर, आशिष गुरुङ उत्कृष्ट रक्षक, फर्साटिकरका ध्रुव राई उत्कृष्ट मध्यपंक्तिका रक्षक बन्दै नगद ५–५ हजार रुपैयासहित कपबाट पुरस्कृत भए ।

कार्यक्रमक‍ो एक समारोहका बिच प्रदेश नं ५ का प्रदेश सभासदस्य भोजप्रसाद श्रेष्ठ, रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घ बहादुर केसी, क्लबका अध्यक्ष कमल राना, रुपन्देही जिल्ला खेलकुद समितिका पुर्वअध्यक्ष योग गुरुङ, वडा नं १० का वडाअध्यक्ष पदम बहादुर थापा, स्व.ज्ञान बहादुर गुरुङका श्रीमती एकमाया गुरुङले विजेता, उपविजेता टिम, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । कार्यक्रममा बोल्दै प्रदेश नं ५ का प्रदेश सभासदस्य भोजप्रसाद श्रेष्ठले खेलकुदको माध्यमबाट युवाहरु राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा प्लेटफर्म पाउने बताए ।

कार्तिक १९ गतेबाट शुरु भएको प्रतियोगितामा नवलपरासी, नवलपुर, चितवन, पाल्पा, कपिलबस्तु र रुपन्देहीका १२ टिमहरुले भाग लिएका थिए । वि सं. २०७१ मा भएको तेस्रो संस्करणको उपाधि खनाल ब्रदर्श फर्साटिकरले चुमेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*