न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको उपाधि होराईजन जिविएसलाई

खबरपथ संवाददाता
४ मंसिर २०७६, बुधबार १९:५७

बुटवल । रुपन्देहीमा सम्पन्न न्यु होराईजन अन्तर मावि जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको दशौ संस्करणको उपाधि आयोजक होराईजन जिविएसले जितेको छ । बुधबार भएको फाइनल खेलमा न्यु होराईजन माबिलाई ७ रनले पराजित गर्दै होराईजन जिविएसले उपाधि चुमेको हो ।

उपाधिसंगै होराईजन जिविएसले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता न्यु होराईजन नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा न्यु होराईजनका प्रकाश गिरी म्यान अफ द सिरिजबाट पुरस्कृत भए । यसैगरि न्यु होराईजनकै अमर मिश्रा उत्कृष्ट ब्याट्सम्यान तथा होराईजन जिविएसका सुरज खड्का उत्कृष्ट बलरबाट पुरस्कृत भए ।

न्यु होराईजन एजुकेशन ईन्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा भएको खेलमा टस जितेर होराईजन जिविएसले पुरै ओभरमा ७ विकेटको नोक्सानीमा ९० रन बनाएको थियो । जिविएसका लागि निश्चल पराजुलीले नटआउट २४ तथा विजय श्रेष्ठले ८ रन रन जोडे । कम स्कोरलाई पछ्याएको न्यु होराईजनका ब्याट्सम्यान १९.३ ओभरमा केवल ८३ रनमा समेटिएको थियो । न्यु होराईजनका मदन खरेलले २१ तथा प्रकाश गिरीले १२ रन बनाए । होराईजन जिविएसको जितमा विजय श्रेष्ठले ४ विकेट लिए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । एक कार्यक्रमका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, क्रिकेट एसोसियसन अफ नेपालका केन्द्रिय सदस्य प्रशान्तविक्रम मल्ल, अन्तराष्ट्रिय अम्पायर सन्जय गुरुङ, विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, खेलका संयोजक शक्ति गौचनले पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*