उपनिर्वाचन-२०७६ : कास्कीमा विद्या भट्टराई विजयी

खबरपथ संवाददाता
१५ मंसिर २०७६, आईतवार १९:५६

कास्की । कास्की-२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी भएकी छिन ।

जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २४ हजार ३ सय ९५ मत प्राप्त गरि विजयी भएकी हुन ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा निकै चर्चामा रहेका साझा पार्टीका तर्फबाट उम्मेदावर रहेकी रजना केसीले भने ६ सय २६ मत मात्रै प्राप्त गरेका छन । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*