ट्रायथलनमा नेपाललाई स्वर्ण

खबरपथ संवाददाता
१६ मंसिर २०७६, सोमबार २२:०३

पोखरा । १३ औं साग अन्तर्गत सोमवार पोखरामा भएको महिला तर्फको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । ३ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालकी सोनु गुरुङले स्वर्ण जितेकी हुन् ।

प्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागी थियो । पुरुषतर्फ भारतले स्वर्ण जितेको छ । श्रीलंका दोश्रो र नेपाल तेश्रो भएको छ । फेवा किनार गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा सहभागीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।यस्तै साग अन्तर्गत सोमवार नै पोखरामा भएको पुरूष ट्रायथोलनमा नेपालले कास्य पदक हात पारेको छ । बसन्त थारूले कास्य पदक जितेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*