
१३ औ साग : माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भइरहेको माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपाल माल्दिभ्स विरुद्ध ८४ रनको जित निकालेको हो ।
माल्दिभ्स विरुद्धको खेलमा नेपालले १६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा ब्याटिङ गर्न आएको माल्दिभ्स निर्धारित २० ओभरमा विकेट गुमाएर ७९ रन बनाएको थियो । नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६३ रन बनाएको थियो । नेपालका ललित राजवंशीले २, सुशन भारीले २ र पवन शर्राफले १ विकेट लिएका थिए ।
करन केसीले १६ बलमा ४० रन बनाएपछि नेपाल सम्मान जनक स्कोर बनाउन सफल भएको थियो । नेपालले खेलको अन्तिम एक ओभरमा मात्र २४ रन जोडेको थियो । खेलमा केसीको स्ट्राइक रेट २५० रहेको थियो । खेलमा दिपेन्द्र सिंह ऐरी ३६ बलमा ३९ रन र विनोद भण्डारी १८ बलमा १९ रन बनाएका थिए ।
नेपालले पवन सर्राफ, रोहितकुमार पौडेल, पारस खड्का, ज्ञानेन्द्र मल्ल र आरिफ सेखलाई सस्तैमा गुमाएको थियो । सर्राफ कुनै रननै जोडन् नपाइ आएट भए भने पौडेल ८ बलमा १० रन बनाएर आउट भएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल एलबीडब्लु आउट भएका थिए । मल्ल १६ बलमा १९ रन बनाएर पविलियन फर्केका थिए । शेख ११ बलमा १७ रन बनाएर आउट भएका थिए ।
पारस खड्का ९ बलमा ११ रन बनाएर आउट भएका थिए । खेलमा नेपालले टस जितेर व्याटिङ रोजेको थियो । खेलमा माल्दिभ्सका लागि लिम साफेगले नेपालको ३ विकेट लिएका थिए । माल्दिभ्सका अमेल मौरुफले २, उमर एडमले १ र मोहम्मद माफोजले १ विकेट लिएका थिए ।