
गौरिकाले जितिन् पौडीमा दोस्रो स्वर्ण, नेपालको स्वर्ण संख्या ४१ पुग्यो
खबरपथ संवाददाता
२० मंसिर २०७६, शुक्रबार १९:५६

काठमाडौं– गौरिका सिंहले १३ औं सागमा दोस्रो स्वर्ण जितेकी छिन् ।
शुक्रवार सम्पन्न पौडीको व्याक स्टोक २ सय मिटरमा उनले स्वर्ण जितेकी हुन् । सिंहले निर्धारित दूरी २ मिनेट १७:७३ मा पूरा गरिन् ।
यस अघि हिजो उनले २ सयम मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् । यससँगै नेपालले ४१ वटा स्वर्ण जितेको छ ।