१३ औं साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

खबरपथ संवाददाता
२३ मंसिर २०७६, सोमबार १४:००

काठमाडौँ। १३ औं दक्षिण एशियाली खेलकुद ९साग०मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

सोमबार बिहानसम्ममा भारतले १३२ स्वर्ण, ७९ रजत र ४१ कांस्यसहित कूल २५२ पदक जितेको छ ।

नेपालले ४५ स्वर्ण, ४४ रजत र ७६ कांस्यसहित कूल १६५ पदक जितेको छ ।

यस्तै श्रीलंका ३६ स्वर्ण, ६८ रजत र ९३ कांस्यसहित तेस्रो, पाकिस्तान २९ स्वर्ण, ३४ रजत र ४७ कांस्यसहित चौथो, बंगलादेश ८ स्वर्ण, २८ रजत र ६६ कांस्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कांस्य जित्दै छैटौँ तथा भूटान नौ कांस्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*