मानव विकास रिर्पोट २०१८ सार्वजनिक

खबरपथ संवाददाता
२४ मंसिर २०७६, मंगलवार १९:५७

बुटवल । युएनडिपीको मानव विकास रिपोर्ट २०१९ मंगलबार सार्वजनिक गरिएको छ । मंगलबार पाच नम्बर प्रदेशसहित देशका सातैवटा प्रदेशमा एकै पटक पुस्तक सावर्जनिक गरिएको हो ।

एक कार्यक्रमका बिच ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा पुस्तक सार्वजनिक गर्दै पुस्तकको आधारमा बिज्ञहरुलाई तथ्याक परिमार्जन गर्न सहयोग पुर्याउने आशा ब्यक्त गरे । मानव विकासको रिर्पोटको अवधारणामा केही कमीहरु रहेको बताए । प्राय पुस्तक तयार गर्दा मान्यताहरु पश्चिमा सामाजिक सिस्टममा आधारित भएकाले पनि यसले हाम्रो समाजको सही रुपमा देखाउन नसक्ने उनले बताए । ‘हामी समाजसंग बाधिएका छौ र हरेकलाई सामाजिक मुल्यहरुले अन्तरसम्बन्धीत बनाईराखेको हुन्छ ।

उसलाई पर्ने अप्ठयारामाथि सहयोग लिईरहेको हुन्छ । जुन चिजहरु पश्चिमा जगतका लागि राज्य त्यो चिजमा संलग्न नरहेमा जीवन असहज भईदिन्छ । हाम्रोमा राज्यको बिना पनि समाजले त्यो काम गरिरहेका हुन्छौ ।’– उनले भने ।
काठमाडौं केन्द्रित कार्यक्रमलाई यसपटक प्रदेशस्तरमा लग्ने सोच अघिबाट सातै प्रदेशमा गरिएको युएनडिपिका प्रदेश प्रमुख सुदिप अर्यालले बताए ।

प्रदेश स्तरमा कार्यक्रम गरि छलफल चलाउदा नया ढंगको सुझाव आउने अपेक्षा लिएको उनले बताए । दिर्घायु जीवन, शिक्षाको अवस्था र मानव स्वस्थ्य गरि ३ वटा आयामको अवस्थाबारेका सुचकहरुलाई केलाएर पुस्तक तयार पारिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*