१३ औं साग भव्य रुपमा सम्पन्न

१४ औं का लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण
खबरपथ संवाददाता
२४ मंसिर २०७६, मंगलवार २१:२२

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्यरुपमा सम्पन्न भएको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ आयोजना गरिएको समापन कार्यक्रममा अधिकांश वक्ताहरुले नेपालले सफलतापूर्वक साग सम्पन्न गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

१३ औं सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जित्दै दोस्रो बन्न सफल भएको छ । १७४ स्वर्ण सहित भारत पहिलो बनेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेश सिलवालले सम्बोधन गरेका थिए ।

२०७२ सालको भूकम्पपछि पुनर्निमाण भएको दशरथ रंगशालामा खेलकुदहरु आयोजना गर्न सफल भएकोमा उनीहरुले खुशी व्यक्त गरे ।

दक्षिण एसियाली ओलम्पि परिषदको सोमबार बसेको बैठकले आगामी १४ औं साग पाकिस्तानमा गर्ने निर्णय बमोजिम नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको छ ।

समापन कार्यक्रममा आतिसबाजी समेत गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*