
तेस्रो तरुण फुटसल प्रतियोगिताको उपाधि वडा नं ४ लाई, मृगौला उपचार गर्न ६० हजार सहयोग

बुटवल । नेपाल तरुण दल को ६६ औ स्थापना दिवसको अवसरमा बुटवल नगरका पुर्व नगरप्रमुख स्व सुर्य प्रसाद प्रधान तथा स्व श्रीमति सुक कुमारी प्रधानको स्मृतिमा सम्पन्न तेस्रो तरुण फुटसल प्रतियोगिताको उपाधि वडा नं ४ ले हात पारेको छ ।
शुक्रबार भएको फाईनल खेलमा वडा नं ४ ले वडा नं ३ लाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै वडा नं. ४ ले नगद ५० हजार, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं. ३ नगद २५ हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
प्रतियोगितामा वडा न ४ का विकास गुरुङ उत्कृष्ट गोलकिपर, हिमाल थापा हाई स्कोरर ७ गोल, उत्कृष्ट कोच मनोज शाही, अनुसासित टिम ४ नै भयो । बेष्ट प्लेयर वडा नं ३ प्रितम थापा घोषित भए । विद्यागत रुपमा उत्कृष्ट खेलाडी र अनुसासित टिमलाई नगद २–२ हजार नगदसहित ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।
योगीकुटीस्थित लुम्बिनी फुटसल एरिनामा भएको फाईनल खेलमा वडा नं ४ को जितमा भुवन गाहाले ह्याट्रिक गरे । यसैगरि मन्नु कार्की र हिमाल थापाले १–१ गोल गरेका थिए ।
वडा नं ३ का सुजन घले, मिलन हिताङ २ ले गोल गरेका थिए । एक समारोहका बिच नेपाल काग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेल, नगर सभापति सुजन पुनले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार स्व श्रेष्ठका छोरीज्वाइँ सन्तोष पिया तथा दोस्रो पुरस्कार ज्योती भण्डारीले सौजन्य गरेका थिए । प्रतियोगितामा जिल्ला, क्षेत्र, नगरसहित तिलोत्तमा र देवदह नगरसमिति गरि २६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेको संयोजक सरोज दर्लामीले बताए ।
यसवर्ष तेस्रो तरुण फुटसल प्रतियोगिता आयोजना संचालन गरेर तिलोत्तमा नगरपालिका निवासी केवल गिरीको बैनी पुनम गिरीलाई शुक्रबार नेपाल काग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेल, नगर सभापति सुजन पुन, क्षेत्रिय सभापति हसन्त लामाले नगद ६० हजार रुपैया उपचार रकम सहयोग गरेका छन ।
पत्रकार विजयी
तेस्रो तरुण फुटसल प्रतियोगिता अन्तरगत मैत्रीपुर्ण खेलमा आयोजक नगर कमिटिलाई ९–३ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिम विजयी भएको छ । पत्रकारको जितमा स्वस्तिक श्रेष्ठले ह्याट्रिक गरेका थिए ।
यसैगरी दिनेश श्रेष्ठ, दिपक न्यौपाने र मोहन न्यौपानेले २–२ गोल गरेका थिए । आयोजकका तर्फबाट सरोज दर्लामी २ तथा सुजन पुनले १ गोल गरेका थिए ।