हप्किडो संघ रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न

महराको नेतृत्वमा नया नेतृत्व चयन
खबरपथ संवाददाता
१४ फाल्गुन २०७६, बुधबार १९:४५

बुटवल। नेपाल मार्शल आर्टस हप्किडो संघ, रुपन्देहीको प्रथम जिल्ला अधिवेशन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ ।

बुधवार आयोजित प्रथम जिल्ला अधिवेशनले रेशम बहादुर महराको अध्यक्षतामा ११ सदस्यि जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्षद्वयमा गणेश पाण्डे र तुल्सीबहादुर भण्डारी, सचिवमा चुमलाल श्रेष्ठ, कोषाध्यक्षमा कुलदिप कार्की तथा सदस्यहरुमा पुजा दर्नाल, कमानसिंह डागी, मीरा पौडेल, दोमन बराल, शंकर घिमिरे र संजीव मास्के निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिको घोषणा रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापाले संघको उद्घाटनसत्रमा गर्नु भएको थियो । नवनिर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमा आर्चायले खादा तथा अविर लगाएर सम्मान गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि उपप्रमसख आर्चायले खेलकुदको विकासका लागि स्थानिय सरकारले निकै महत्व दिएको बताउदै त्यसमा सहभागि भएर अगाडी बढ्न आग्रह गर्नु भयो । उहाले खेललाई राष्ट्रको पहिचानसंग जोडेर खेलाडीको जिविकोपार्जन गर्ने योजनासहित खेलकुदको विकास गर्न खेल संस्थाहरुलाई निर्देशन पनि दिनु भएको थियो ।

उपप्रमुख आर्चायले खेल तथा मुलुकको समृद्धि र विकास एकअर्कासंग जोडिएको विषय भएका कारण खेललाई समृद्धिसंग जोडेर अगाडी बढाउने योजनासहित गतिविधि जोड दिनु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल मार्शलआर्ट हप्कीडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले नेपालमा यो खेल नया भएपनि निकै शसक्त ढंगले अगाडी बढेको बताउदै यसको विकासको लागि तल्लोतहबाट काम गरिरहेको बताउनु भयो । उहाले अन्य खेल जस्तै खेलकुद परिषदबाट मान्यता पाएको हप्कीडो खेलले नेपाललाई विश्वमा छोटो समयमा चिनाउन सफल भएको दावी गर्नु भएको थियो ।

संघका जिल्ला अध्यक्ष रेशम महराको अध्यक्ष्ँतामा भएको कार्यक्रममा संघका प्रदेश ५ का अध्यक्ष धनबहादुर परियार सुवास, नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, परियार समाजका अध्यक्ष लोकबहादुर परियार, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा लगायत बोल्नु भएको थियो ।

संघको आयोजनामा आगामी चैत्र २४, २५ र २६ गते बुटवलमा राष्ट्रिय स्तरको हप्किडो प्रतियोगिता हुन गैरहेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ २५ देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने जनाइएको छ । संघ सो प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न आयोजनास्थलमा सक्रिय रहेको केन्द्रीय अध्यक्ष घर्तीमगरले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*