
नेकपा बैठकः बामदेवलाई प्रतिनिधिसभामा लैजाने ,२५ गते स्थायी समिति बैठक

बुटवल । नेपाल कम्युनिष्ट पार्टीको शनिवार बसेको सचिवालय बैठकले बामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ । शनिवार साझ बसेको बैठकले उपयुक्त समयमा गौतमलाई प्रतिनिधी सभा लैजाने निर्णय गरेको हो । त्यसै गरी आगामी बैशाख २५ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा वलीले आत्मालोचना गर्नुभएको छ । नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो ।