नेपालमा कोरोना संक्रमित २७८ पुग्यो

खबरपथ संवाददाता
३ जेष्ठ २०७७, शनिबार १७:२१

बुटवल । नेपालमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा सङ्क्रमण पुष्टि भएको हो ।

यस अघि आज बिहान ९ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको थियो । यो सँगै शनिबार मात्रै ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । संक्रमित मध्ये मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।