
प्रथम प्रचण्ड थैव नकआउट फुटवल प्रतियोगिता २०७७ आजदेखि शुरु

बुटवल । प्रथम प्रचण्ड थैव नकआउट फुटवल प्रतियोगिता २०७७ आज देखि शुरु भएको छ । शनिवार सिद्धेश्वरको खेल मैदानमा एक कार्यक्रमका बिच स्वर्गिय प्रचण्ड थैबकी माता सुकन्या थैवले स्वर्गिय प्रचण्ड थैवको तस्विरमा माल्यार्पण तथा दिप प्रज्वलन गरी खेलको उद्धघाटन गर्नुभएको थियो । उद्धघाटन कार्यक्रमकी प्रमुख अथिति सुकुन्या थैवले प्रचण्डको स्मृतिमा खेलको आयोजना गरेकोमा आयोजक प्रति धन्यवाद तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रमका बिशिष्ठ अथिति अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य एवं रुपन्देही फुटवल संघका अध्यक्ष दिर्घ बहादुर के.सी.(कुमार) ले कोभिड–१९ का कारण खेलहरु ह्ुन नसकिरहेको अवस्थामा क्लबले गरेको साहसको प्रशंसा गर्दे पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । साथै उहाँले खेलकुदले ब्यक्तिको शारिरीक तथा मानसिक बिकास हुनुका साथै अनुसासनमा रहन समेत सिकाउने बताउनुभएको थियो ।
उद्धघाटन कार्यक्रममा स्वर्गिय थैबकी श्रीमती लक्ष्मी थैब , भाई राजेश थैब, छोरा राघब थैब, सिद्धेश्वरी लालकुमारी उच्च माविका सञ्चालक समितिका अध्यक्ष सागर न्यौपाने , सिद्धेश्वरी लालकुमारी उच्च माविका सहायक प्राचार्य दिनानाथ गिरी , नेकपा बुटवल वडा ७ का अध्यक्ष नविन थापा , नेपाली काग्रेस वडा ७ का सभापति कृष्ण प्रसाद ज्ञवाली , शिवनगर सामुदायिक बनका अध्यक्ष नारायण बहादुर घिमिरे , कल्बका सल्लाहकार एवं सामुदायिक वनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु) , बुटवल हस्पिटल प्रा.लि का एम.डि. मुक्ती राज पौेडेल , तिनाउ एफ.एम.का स्टेशन म्यानेजर राजेन्द्र जङ्ग रायमाझी नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य रिषीराम पाण्डे , नेकपा जिल्ला सदस्य कल्पना थापा , रुपन्देह्ी ब्यापार संघका उपाध्यक्ष डिल्लीराज क्लबका पूर्व अध्यक्षहरु बिरेन्द्र जि.सी. ,दिपक शेरचन , सुजु मल्ल, भुपेन्द्र थापा श्रेत्रि (हरी), शिवालय युवा क्लबका अध्यक्ष रवि गौचन लगायतको आथित्यता रहेको थियो । क्लबका अध्यक्ष दिपक गुरुङ्गको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्याक्रमको सहजिकरण क्लबका सचिव राकेश गुरुङ्गले गर्न ुभएको थियो ।
आजको उद्धघाटन खेलमा सौभाग्य युवा क्लबले पाल्पा भ्याली क्लब पाल्पालाई १–० गोलले पराजित गरेको छ । आयोजक क्लब सौभाग्य युवा क्लबका जर्सी नम्बर १५ का अकाश गुरुङ्गले ४७ औं मिनेट मा गोल गरेका थिए । आजको म्यान अफ दि म्याच सौभाग्य युवा क्लबका जर्सी नंं. १३ का सुर्य थापा घोषित भए । त्यस्तै भोलीको खेलमा भैरब स्पोर्टिङ्ग क्लब नवलपरासी र न्यू एकता क्लब डिङ्गरनर बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो । भोलीको खेल दिउसो ३ बजे देखि शुरु हुनेछ ।
प्रतियोगिताको उपाधि विजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । पौष ५ गते सम्म हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन ।