
प्रथम प्रचण्ड थैव नकआउट फुटवल : जनज्योती युवा क्लब डिङ्गरनगर विजयी

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत आजको खेलमा जनज्योती युवा क्लब डिङ्गरनगर बिजयी भएको छ । भैरव युवा क्लब नवलपरासीेलाई ३–२ गोलको अन्तरले पछि पार्दे जनज्योती युवा क्लब डिङ्गर नगर बिजयी भएको हो । खेलको निर्धारीत समयमा दुबै समुहबाट गोल रहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
आजको म्यान अफ दि म्याच जनज्योती युवा क्लबका गोल रक्षक सृजन श्रेष्ठ घोषित भएका छन। शिवनगर सामुदायिक बनका अध्यक्ष नारायण बहादुर घिमिरेले म्यान अफ दि म्याच सृजन श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यसैगरी भोली बिहान ७ः३० बजेको पहिलो खेल भैरहवा ११ र सम्पूर्ण क्लब सुपौली बिच हुने र दोश्रो खेल दिउसो ३ बजे सराई युवा क्लब पाल्पा र सयपत्री यूवा क्लब रामनगर बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधि विजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । पौष ५ गते सम्म हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन ।