प्रथम प्रचण्ड थैव नकआउट : सौभाग्य र सिद्धार्थ विजयी

भोली (शुक्रबार) दिउसो हुने खेल : सौभाग्य बि र झरना स्पोर्टिङ्ग
खबरपथ संवाददाता
२५ मंसिर २०७७, बिहीबार १८:४६

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत विहिबार भएको खेलमा आयोजक सौभाग्य ‘ए’ र सिद्धार्थ युवा क्लब विजयी भएका छन् ।

बिहान पहिलो सिद्धार्थ युवा क्लब चपरहट्टी र चरङ्गे युवा क्लब देवदह बिचमा भएको प्रतियोगितामा सिद्धार्थ युवा क्लबले चरङ्गे युवा क्लबलाई २/० ले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

बिहानको प्रतियोगितामा सिद्धार्थ युवा क्लब चपरहट्टीका जर्सी नंं ३२ का सन्तोष थापाले ३१ औं मिनेटमा पहिलो गोल गरी खाता खोलेका थिए । खेलमा सिद्धार्थका सन्तोष थापाले पुनः ४६ औं मिनेटमा थप एक गोल गर्दै जीत सुनिश्चित गराएका थिए ।
बिहानको प्रतियोगितामा म्यान अफ दि म्याच सिद्धार्थ युवा क्लबका सन्तोष थापा घोषित भए ।

पहिलो चरणको अन्तिम खेलमा आयोजक सौभाग्यले मजुवा युवा क्लबलाई १/० गोल अन्तरले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा सौभाग्य युवा क्लबका जर्सी नं. १७ का सन्तोष क्षेत्रीले खेलको ४३ औं मिनेटमा एक गोल गरी क्लव लाई अघिल्लो चरणमा प्रवेश गराएका थिए ।

दिउसोको खेलमा म्यान अफ दि म्याच मजुवा युवा क्लबका जर्सी नं. १६ का सागर के.सी. घोषित भएका थिए ।

भोली (शुक्रबार)  दिउसो हुने खेलमा आयोजक टिम सौभाग्य युवा क्लब बि र झरना स्पोर्टिङ्ग क्लब बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । पौष ५ गते सम्म हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु