प्रथम प्रचण्ड थैव नकआउट : झरना क्वाटर फाइनलमा प्रवेश

भोली (शनिवार) हुने खेल : शिवनगर र भैरहवा ११ बिच
खबरपथ संवाददाता
२६ मंसिर २०७७, शुक्रबार १९:३३

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत शुक्रबार भएको खेलमा झरना स्पोर्टिङ्ग क्लब कुन्जलापुरले सौभाग्य युवा क्लब बि लाई २/१ को गोल अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।

बुटवलको सिद्धेश्वर मैदानमा जारी खेल अन्तर्गत शुक्रबार भएको खेलमा झरना युवा क्लबका जर्सी नं ६ का डेविड गुरुङ्गले खेलको ७ औं मिनेटमा पहिलो गोल गर्दै क्लबको खाता खोले । झरना युवा क्लबकै जर्सी नं. १० का मोहन थापाले खेलको ३६ औं मिनेटमा १ गोल गरी क्बलको तर्फबाट २ गोलले अग्रता दिलाए । त्यसै गरी खेलको ५० औं मिनेटमा सौभाग्य युवा क्लबका तर्फबाट जर्सी नं. ५ का अनिस शेरचनले एक मात्र गोल गरेका थिए ।

प्रतियोगितामा म्यान अफ दि म्याच झरना क्लबका जर्सी नं. ८ का अजय थापा घोषित भए । म्यान अफ दि म्याच अजय थापालाई क्बलका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार तथा शिवनगर सामुदायिक बनका कोषाध्यक्ष राजेन्द्र रिजाल(राजु) ले पुरस्कार प्रदान गर्नुभएको थियो ।

भोली (शनिवार) दिउसो हुने खेलमा शिवनगर युवा क्लब बुटवल – ७ र भैरहवा ११ ठूठी पिपल बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । पौष ५ गते सम्म हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु