
प्रथम प्रचण्ड थैव नकआउट : शिवनगर सेमीफाईनलमा

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत शनिवार भएको खेलमा शिवनगर युवा क्लबले भैरहवा – ११ ठुटी पिपललाई २ / ० गोल अन्तरले पछि पार्दै सेमी फाईनलमा प्रवेश गरेको छ।
बुटवलको सिद्धेश्वर मैदानमा जारी खेल अन्तर्गत शनिवार भएको खेलमा शिवनगर युवा क्लबका जर्सी नं ११ का बिकाश थापाले खेलको ४५औं मिनेटमा पहिलो गोल गर्दै क्लबको खोलेका थिए । त्यसै गरी शिवनगर युवा क्लब कै जर्सी नं. १० का रुमेश बर्तौलाले खेलको ६७ औं मिनेटमा थप एक गोल गरी क्लबको जीत सुनिश्चित गराएका थिए ।
प्रतियोगितामा म्यान अफ दि म्याच झरना युवा क्लबका जर्सी नं. ३६ का उमेश थापा घोषित भए । म्यान अफ दि म्याच उमेश थापालाई शौभाग्य युवा संरक्षक राजन रानाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
भोली (आईतबार) दिउसो हुने खेलमा आयोजक शौभाग्य युवा क्लब ए र सराई युवा क्लब पाल्पा बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । पौष ५ गते सम्म हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन