प्रथम प्रचण्ड थैव नकआउट : शौभाग्य सेमीफाईनलमा प्रवेश

खबरपथ संवाददाता
२८ मंसिर २०७७, आईतवार १८:४८

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत आईतबार भएको खेलमा आयोजक शौभाग्य युवा क्लब ए ले सराई युवा क्लब पाल्पालाई २ / ० गोल अन्तरले पछि पार्दै सेमी फाईनलमा प्रवेश गरेको छ।

बुटवलको सिद्धेश्वर मैदानमा जारी खेल अन्तर्गत आइृतबार भएको खेलमा शौभाग्य युवा क्लब ए का जर्सी नं ८ का यमु राना ले खेलको ६ औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यसै गरी शौभाग्य युवा क्लब ए कै जर्सी नं. १३ का आशिष श्रेष्ठले खेलको २९ औं मिनेटमा थप एक गोल गरी क्लबको जीत सुनिश्चित गराएका थिए ।

प्रतियोगितामा म्यान अफ दि म्याच सौभाग्य युवा क्लबका जर्सी नं. ४ का आरोन मल्ल घोषित भए । म्यान अफ दि म्याच आरोन मल्ललाई शौभाग्य युवा क्लबका कोषाध्यक्ष मनोज गौचनले पुरस्कार प्रदान गर्नुभएको थियो ।

भोली (सोमबार) दिउसो हुने खेलमा केरवानी युवा क्लब ढेकार र जनज्योती युवा क्लब डिङ्गरनगर बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिता आगामी पौष ५ गते सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु