
प्रथम प्रचण्ड थैव नकआउट : जन ज्योती क्वाटर फाईनलमा प्रवेश

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत सोमबार भएको खेलमा जन ज्योती युवा क्लव डिङ्गर नगरले केरवानी युवा क्लब ढेकारलाई ट्राईबेकरमा ४/२ को अन्तरले पछि पार्दे क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
बुटवलको सिद्धेश्वर मैदानमा जारी खेल अन्तर्गत सोमबार भएको जनज्योती युवा क्लव डिङ्गरनगर र केरवानी युवा क्लब ढेकारको बिच भएको अति नै प्रतिसप्रधात्मक खेलमा अन्तिम समय सम्म दुबै टिमबाट गोल हुन नसकि खेल ट्राईबेकरमा प्रबेश गरेको थियो ।
प्रतियोगितामा म्यान अफ दि म्याच केरवानी युवा क्लबका गोल रक्षक निसान थापा घोषित भए । म्यान अफ दि म्याच निसान थापालाई शौभाग्य युवा क्लबका पूर्व अध्यक्ष रामकाजी केसीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
भोली (मंगलबार) दिउसो हुने खेलमा झरना युवा क्लब कुञ्जलापूर र फर्साटिकर युवा क्लब फर्साटिकर बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिता आगामी पौष ५ गते सम्म हुनेछ ।