
प्रथम प्रचण्ड थैव नकआउट : झरना सेमिफाइनल प्रवेश

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत मंगलबार भएको खेलमा झरना स्पोर्टिङ क्लब कुञ्जलापूर सेमिफाइनल प्रवेश गरेको छ ।
बुटवलको सिद्धेश्वर मैदानमा जारी खेल अन्तर्गत मंगलबार भएको प्रतियोगितामा झरना युवा क्लब कुञ्जलापूरका जर्सी नं. १० का मिलन थापाले खेलको ३९ औं मिनेटमा एक गोल गरेका थिए भने उक्त गोल नै खेलको निर्णायक बनेको थियो । अब झरना युवा क्लबको सामना सेमीफाईनलमा शिवनगर युवा क्लब संग हुनेछ ।
प्रतियोगितामा म्यान अफ दि म्याच झरना युवा क्लबका जर्सी नं. १० का मिलन थापा घोषित भए । म्यान अफ दि म्याच मिलन थापालाई शौभाग्य युवा क्लबका पूर्व अध्यक्ष राजु मल्लले पुरस्कार प्रदान गर्नुभएको थियो ।
भोली (बुधबार) दिउसो हुने खेलमा जनज्योती युवा क्लब डिङ्गनगर र सिद्धार्थ युवा क्लब बुटवल बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिता आगामी पौष ५ गते सम्म हुनेछ ।