ओली-प्रचण्ड छलफलमा, पौडेल पनि सहभागी

खबरपथ संवाददाता
१ पुष २०७७, बुधबार १६:१०

काठमाडौँ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा उपस्थित नभए पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीसँग छलफलमा जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अपराह्न डाकिएको बैठक अघि दुई अध्यक्ष ओली र दाहालबीच भएको एक्ला एक्लै भेटवार्तामा सहमति नजुटेपछि ओली बिनै बसेको बैठक अघि नबढे पछि फेरि छलफल सुरू भएको हो । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी रहेको बताइएको छ ।

यसअघि आजै विहान दाहाल निवास खुमलटार पुगेर स्थायी कमिटी सदस्य शंकर पोखरेलले दुई अध्यक्षबीच भेटवार्ता गरेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म डाकेको बैठक स्थगित भए पछि मंगलबार ‘आकस्मिक‘ बसको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु