नेकपा केन्द्रीय समिति बैठक पुस १० गते बस्ने

खबरपथ संवाददाता
१ पुष २०७७, बुधबार १९:०१

काठमाडौँ । नेकपाको केन्द्रीय समिति बैठक पुस १० का लागि सारिएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक पुस १० का सार्ने निर्णय गरेको हो । त्यसअघि स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते बस्नेछ । यस्तै सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि फिर्ता लिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ।

बैठक अघि ओली र प्रचण्ड बीच भएको भेटवार्तामा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय बमोजिम अघि बढ्ने, मंगलबार सरकारले ल्याएको अध्यादेश फिर्ता लिने तथा विशेष अधिवेशनको अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने जस्ता समझदारी भएपछि बैठक बसेको स्रोतको दाबी छ ।

प्रम ओली पनि सहभागी भएलगत्तै बसेको स्थायी कमिटी बैठकले संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने पनि निर्णय गरेको नेकपा प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु