प्रथम प्रचण्ड थैव नकआउट : झरना फाइनलमा

भोली (शुक्रबार) को सेमीफाईनल खेल : आयोजक सौभाग्य र सिद्धार्थ बिच
खबरपथ संवाददाता
२ पुष २०७७, बिहीबार १९:१२

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत बिहिबारको पहिलो सेमीफाईनल खेलमा झरना स्पोर्टिङ क्लबले शिवनगर युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४/२ को अन्तरले पछि पार्दे फाईनलमा प्रवेश गरेको छ ।


बुटवलको सिद्धेश्वर मैदानमा जारी खेल अन्तर्गत बिहिबार भएको पहिलो समिफाईनल खेलमा शिवनगरका जनक कार्कीले गरेको आत्मघाती गोलका कारण झरना युवा क्लब १ गोलले अगाडी भएको थियो । आत्मघाति गोलसँगै पछि परेको शिवनगरलाई जर्सी नम्बर ९ का सुनिल श्रेष्ठले एक गोल गर्दै बराबरीको अवस्थामा ल्याएका थिए । निर्धारित समयमा दुबैतर्फबाट समान १/१ गोल भए पछि खेल ट्राइबेकरमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा म्यान अफ दि म्याच शिवनगर क्लबका जर्सी नं. १ का गोलरक्षक किसोर थापा घोषित भए । म्यान अफ दि म्याच किसोर थापालाई शौभाग्य युवा क्लबका संरक्षक राजु गुरुङ्गले पुरस्कार प्रदान गर्नुभएको थियो ।

भोली (शुक्रबार)  दिउसो हुने सेमीफाईनलको अन्तिम खेलमा आयोजक सौभाग्य र सिद्धार्थ युवा क्लब बीच प्रतिस्पर्धा हुने सौभाग्य युवा क्लबका सल्लाहकार राजेन्द्र रिजाल (राजु) ले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको फाईनल खेल आगामी पौष ५ गते हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु