
प्रथम प्रचण्ड थैव स्मृती कप :सिद्धार्थ फाइनल प्रवेश

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत शुक्रबारको अन्तिम सेमीफाईनल खेलमा सिद्धार्थ युवा क्लबले सौभाग्य युवा क्लबलाई २ / १ को अन्तरले पछि पार्दे फाईनलमा प्रवेश गरेको छ ।
बुटवलको सिद्धेश्वर मैदानमा जारी खेल अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाईनल खेलमा सिद्धार्थ युवा क्लबका जर्सी नं.९ का सरोज क्षेत्रीले खेलको छैठौं मिनेटमा पहिलो गोल गरी क्लबलाई अग्रता दिलाएका थिए । त्यसै गरी सिद्धार्थ युवा क्लबका जर्सी नं. ३२ का बिश्वास थापाले खेलको २३ औं मिनेटमा एक गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।
यसैगरी सौभाग्य युवा क्लबका जर्सी नं. ८ का यमु रानाले खेलको ५४ औं मिनेटमा फ्रि किकमा एक गोल फर्काएका थिए ।
खेलको ५४ औं मिनेटमा सिद्धार्थ युवा क्बलका जर्सी नम्बर २ का शंकर राईले रातो कार्ड पाई बाहिरिएका थिए भने सिद्धार्थ युवा क्लब १० खेलाडीमा सिमित भएको थियो ।
प्रतियोगितामा म्यान अफ दि म्याच सिद्धार्थ क्लबका जर्सी नं १२ का अनुप थापा घोषित भए । म्यान अफ दि म्याच अनुप थापालाई शौभाग्य युवा क्लबका सचिव राकेश गुरुङ्गले पुरस्कार प्रदान गर्नुभएको थियो ।
भोली (शनिवार) ठिक ५ बजे पत्रकार महासंग रुपन्देही र आयोजक सौभाग्य युवा क्लब कार्यसमिती बिच मैत्रीपुर्ण खेल हुने सौभाग्य युवा क्लबका सल्लाहकार राजेन्द्र रिजाल (राजु) ले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधिका लागी आईतबार दिनको ठिक १२ बजे सिद्धार्थ र झरना बिच फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।