
प्रथम प्रचण्ड थैव स्मृती कप फाईनल खेल : सडेन डेथमा झरना बिजयी

बुटवल । प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिताको उपाधी झरना युवा क्बलले हात पारेको छ । बुटवलको सिद्देश्वर खेल मैदानमा आज भएको अति नै प्रतिसप्रधात्मक खेलमा झरना स्पोर्टिङ्ग क्बलले सिद्धार्थ युवा क्बललाइृ सडेन डेथमा ६/५ को अन्तरले उपाधी हात पारेको हो ।
आईतबारको अति नै प्रतिसप्रधात्मक खेलमा सिद्धार्थ युवा क्लबका जर्सी नं. ३२ का विश्वास थापाले खेलको २२ औं मिनेटमा १ गोल गरी क्लबको तर्फबाट खाता खोलेका थिए । खेलको २३ औं मिनेटमा सिद्धार्थ युवा क्लबका जर्सी नं. २ का अनुप थापाले आत्मघाती गोलका कारण सिद्धार्थको अग्रता कायम हुन नसकि खेल बराबरी १/१ मा पुग्यो ।
त्यसैगरी सिद्धार्थ कै जर्सी नं. ५ का सुवास परियारले खेलको २७ औं मिनेटमा १ गोल थप गरी क्बलको अग्रतालाई कायम राखे । प्रतियोगितामा झरना स्पोर्टिङ्गका जर्सी नं. ८ का अजयथापाले थप १ गोल गरी सिद्धार्थको अग्रतालाई जवाफ फर्काई खेललाई बराबरीमा प¥याए र खेलको अन्तिम ९० औं मिनेट सम्म २/२ गोलको बराबरी भई खेल ट्राईबेकरमा प्रवेश गरेको थियो ।
ट्राईबेकरमा पनि दुबै टिमले ५/५ गोल गरी खेल सडेन डेथमा प्रवेश गरेको थियो । सडेन डेथमा झरना युवा क्लबका तर्फबाट अजय थापाले गरेको थप एक गोल नै निर्णायक बन्न पुगेको थियो । भने सिद्धार्थ युवा क्बका बिजय थापाले गरेको प्रहार बाहिरीएको थियो ।
प्रतियोगिताको एक कार्यक्रमका बिच समापन गरीएको छ । सौभाग्य युवा क्लबका अध्यक्ष दिपक गुरुङ्गको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अथिति बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुबदी , बिशिष्ठ अथिति अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य तथा रुपन्देही फुटवल संघका अध्यक्ष दिर्घ बहादुर क.सी. (कुमार),बिशिष्ठ अथिति स्व.प्रचण्ड थैबकी ममता मयीमाता सुकन्या थैवले शुभकामना तथा बधाइृ मन्तब्य राख्नुभएको थियो ।
त्यसैगरी समापन कार्यक्रममा अथितिहरु वडा नंं ७ का वडा अध्यक्ष कमल प्रताप थापा , नेपाल विधार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्ती पौडेल , शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण बहादुर घिमिरे , शिवनगर सामुदायिक बनका कोषाध्यक्ष तथा शौभाग्य युवा क्लबका सल्लाहकार राजेन्द्र रिजाल (राजु), सौभाग्य युवाक्लवका पूर्व अध्यक्षहरु दिपक शेरचन , सुजु मल्ल हरिथापा क्षेत्री, जिल्ला खेलकुद विकाश समितिका कोषाध्यक्ष कृष्ण थापा , शिवालय युवा क्लवका अध्यक्ष रवि गौचन , समाज सेवी राजु गुरुङ्ग, महेन्द्र कार्की रवि खनाल , पत्रकारहरु राजेन्द्र रायमाझी , स्वस्तिक श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।
खेलका बिजेता झरना क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र र उपबिजेता सिद्धार्थ युवा क्लबले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी सिद्धार्थ युवा क्लबका जर्सी नं. ७ का सवि गुरुङ्गले वेष्ट फरवार्ड, वेष्ट डिफेन्स झरना युवा क्लवका जर्सी नं. २ का कुसल विक, वेष्ट डिफेन्स झरनाका मनोज श्रेष्ठ , वेष्ठ किपर झरनाका कुशल बि क ले प्राप्त गरेका छन् ।
त्यसैगरी सर्वाधिक गोल कर्ता ४ गोल गरी सिदार्थ युवा क्लवका जर्सी नं. ३२ का विश्वास थापा घोषित भएका थिए । प्रतियोगिताका उत्कृष्ठ खेलाडी झरनाका जर्सी नंं ८ अजय थापा घोषित भए उनले माउन्टेन वाईसाइृकल पुरस्कार प्राप्त गरेका थिए ।