संसद विघटन हुनु संवैधानिक र नैतिक रूपमा गलत, सर्वोच्चको ध्यान पुगोस् : पूर्वराष्ट्रपति यादव

खबरपथ संवाददाता
६ पुष २०७७, सोमबार १५:४०

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले प्रतिनिधिसभा भंग भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ । प्रतिनिधिसभा संसद विघटन हुनु संवैधानिक र नैतिक रूपमा पनि गलत भएको उहाँको भनाई छ ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। उहाँ आफ्नो भूमिका निर्वाह गर्नबाट चुक्नुभएको छ ।’

‘मलाई संसद भंग गर्ने हिजोको घटनाले मर्माहत र दु:खी बनाएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको कदम संवैधानिक र नैतिक रूपमा पनि मिलेको छैन,’ उहाँले भन्नुभयो ।, ‘अदालतले यस विषयमा ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ भन्ने विनम्र आग्रह पनि छ ।’

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले अनुमोदन गर्नुभएको थियो ।  सरकारले वैशाख १७ र २७ गते चुनावको मिति समेत घोषणा गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*