२०७७ पौष ५ आइतबार देखि  ११ गते शनिबार सम्मको साप्ताहिक राशीफल   

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
६ पुष २०७७, सोमबार १६:३०

मेष: (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
तपाईंकोलागि यो साता निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ ।सभासम्मेलनमा सहभागी भइने छ।
गरिएका काम बाट सन्तुष्टि मिल्ने छ। ब्यापारमा फाइदा होला । सप्ताहन्तमा केहि चुनौती देखा पर्ने छन्  ।वृष:(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)
यो साता राम्रो  छ । जागीर नोकरीमा पदोन्नति हुने छ । कार्यमा प्रगति होला । साताको अन्त्य तिर अझ राम्रो समय आउने छ ।आट उत्साह बढ्ने छ । परिक्षा सफल हुनेछ ।

मिथुन:(का,कि, कु,घ,ङ,छ,के,को,ह)
राम्रो समय छ।धन,धर्म , प्रतिष्ठा बढ्ने छ।कृषि तथा ब्यापार बाट फाइदा होला । घरमा शुभ कार्य सम्पन्न होला ।बिपरित लिङ्गी को सहयोग मिल्ने छ।मुद्दा मामिलामा फैसला तपाईंको पक्षमा हुनेछ।

कर्कट: (हि,हु,हे,हो,डा,डि,डु,डे,)
उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्ने छ । प्रेममा सफलता मिल्ने  छ । ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति होला ।मान प्रतिष्ठामा वृद्धि होला।परिक्षा सफल हुनेछ ।

सिंह : (मा,मि,मु,मे,मो,टा,टि,टु,टे,)
यो साता तपाईंको लागी सामन्य  छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । सप्ताहन्तमा राम्रो समय छ ।पठनपाठन तथा लेखन कार्य मा रुचि बढ्ने छ।प्रेममा सफलता मिल्ने छ।कन्या:(टो,प,पि,पु,ष,ण,ठ,पे,पो,)

अनुकुल समय छ ।रोकिएको धन हाता पर्ने छ ।आफन्तको सहयोगले कार्य सम्पादन होला । मन प्रसन्न रहला। धार्मिक यात्राको योग छ। ब्यापारमा फाइदा होला । पारिवारिक सुखशान्ती मिल्ने छ । स्वास्थ्यमा भने केहि चुनौती  सामना गर्नु पर्ला ।

तुला:(रा रि,रु,रे,रो,ता,ती,तु,ते )

तपाईंको लागी यो साता आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति होला।प्रेममा सफलता मिल्नुका साथै कारोबारमा फाइदा होला ।आत्म सन्तुष्टि मिल्नेछ ।आफन्तसंग भेटघाट होला ।

वृश्चिक:(तो ना,नि,नु,नो,या,यी,यु,)

राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ।बिद्यामा प्रगति होला ।सन्तान पक्षबाट सहयोग मिल्ने छ ।खानपिनमा रुचि बढ्ने छ ।धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ।

धनु :(ये यो,भा,भि,भु,ढा,फा,ढा,भे,)

सामान्य समय छ । आयव्यय बराबर रहने छ ।पारिवारिक विवादले सताउन सक्छ ।बुधबार पछिका दिन धेरै  राम्रो छ । भाग्योदयको योग छ।प्रेम प्रस्ताव आउन सक्छ।

मकर : (भो,जा,जि,खि,खु,खे,खो,गा,गि)

उत्तम समय छ ।राजनीतिक क्षेत्रमा राम्रो छ।कारोबारमा फाइदा होला।गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । शुभ समाचार सुन्न पाइने छ।आकस्मिक यात्रा होला ।मन प्रसन्न रहने छ।

कुम्भ: – (गु,गे,गो,सा,सि,सु,से,सो,द)

सामान्य समय छ ।आय ब्याय बराबर हुनेछ ।आफन्तबाट धोका हुन सक्छ ।पारिवारिक बिवाद बढ्न सक्छ।बुधबार पछिका दिन राम्रा छ ।लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ।गरिएका काम बाट सन्तुष्टि मिल्ने देखिन्छ ।मन प्रसन्न रहने छ।

मीन:(दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)

समय राम्रो छ। भाग्योदयको समय छ। धर्मकर्म प्रति रूचि बढ्ने छ।सभा सम्मेलन सहभागी भैयोला ।रोजगारमा पदोन्नति हुनेछ। शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ।साताको अन्त्य तिर कार्यमा केहि चुनौती सामना गर्नु पर्ला ।स्वास्थमा समस्य आउन सक्छ ।

 

प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र
ति.न. पा. १ नयाँमिलचोक रूपन्देही
मोबाइल नं.९८५७०३५४६१

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु