संसद विघटन विरुद्ध कांग्रेसद्वारा बुटवलमा प्रदर्शन

खबरपथ संवाददाता
१३ पुष २०७७, सोमबार १९:०८

बुटवल। संसद विघटन विरुद्ध नेपाली कांग्रेसले सोमबार रुपन्देहीका पनि ५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । त्यसै अन्तर्गत बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा नेताहरुले ओलीले गरेको संसद बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै बिरोध गरेका थिए । बिरोध कार्यक्रममा नेताहरुले ओली सरकारको निरंकुश एवं असंबैधानिक कदमको बिरोध गरेका थिए ।

कार्यक्रममा महासमिति सदस्य तथा प्रतिनिधि सभाका सदस्यका उमेदवार युवराज गिरि, जिल्ला उपसभापति फणीन्द्र शर्मा, महाधिवेसन प्रतिनिधि बालकुमारी भण्डारी, कांग्रेस नगर सभापति खेलराज पाण्डे, नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ती पौडेल, तरुण दलका जिल्ला सचिव रमेश शाही लगायतले बोल्दै बर्तमान सरकार संबिधान मिचेर अघि बढेको बताएका थिए। आफूहरुले अदालतको निर्णय पर्खेको र त्यस अनुसार चुनावमा जान परे पनि अघि बढ्न पनि तयार रहेको बताएका थिए ।

क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको सभामा अधिवक्ता महेन्द्र पाण्डेले संविधानका बुँदा बारे जानकारी दिएर सरकारले गैर संबैधानिक काम गरिरहेको उल्लेख गरेका थिए। त्यस अघि बुटवलको अस्पताललाईनबाट सुरु भएको ¥याली अमरपथ हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणात भएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु