पुरस्कारको रकम मानव सेवा आश्रमलाई प्रदान

खबरपथ संवाददाता
२३ पुष २०७७, बिहीबार २१:०४

बुटवल । बुटवलका एक पत्रकारले आफूले प्राप्त गरेको पुरस्कारको रकम मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । बुटवलबाट प्रकाशित हुने बुटवल टुडेमा कार्यरत पत्रकार कृष्ण खनालले आफूले रुपन्देही उद्योग संघले प्रदान गरेको औद्योगिक पत्रकारिता पुरस्कारको रकम मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको हो ।

रुपन्देही उद्योगसंघले प्रदान गरेको उक्त पुरस्कारको राशी ३५ हजार ५५५ रुपैंयाबाट १० हजार ५ रुपैंया बिहिबार मानव सेवा आश्रममा प्रदान गर्नुभएको हो । बाँकी रहेको रकम पनि अन्य आश्रममा सहयोग गर्ने बताउनुभयो । त्यस्तै उहाँले आफ्नो जीवनमा आर्जन गरेको सम्पत्ती समेत जीवन प्रयन्त यस्तै प्रकारका आश्रमलाई प्रदान गर्ने समेत घोषणा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*