संसद विघटन बिरुद्ध बुटवलमा प्रधानमन्त्रीको पुत्ला दहन

खबरपथ संवाददाता
२३ पुष २०७७, बिहीबार २१:३१

बुटवल। प्रतिनीधि सभा विघटन गरेको बिरोधमा बुटवलमा प्रधानमन्त्रीको पुत्ला दहन सहित मसाल जुलुस प्रदर्शन भएको छ । प्रतिनीधि सभा विघटनको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड – माधव नेपाल समुहका कार्यकर्ताले बुटवलको ट्राफिकचोकमा बिहिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन सहित मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको पुत्ला दहन तथा मसाल जुलुस प्रदर्शनको नेतृत्व अनेरास्ववीयुका केन्द्रीय सदस्य अनुप पोख्रेलले गर्नुभएको थियो । बुटवलमा भएको प्रदर्शनमा प्रचण्ड–माधव पक्षका कार्यकर्ता सहभागि थिए । प्रधानमन्त्रीको संसद विघटनको कदमलाई असंवैधानिक कदम भन्दै प्रधानमन्त्री ओलीको बिरोधमा चर्को नारावाजी समेत गरेका थिए । नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटनको बिरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरि बिरोधका कार्यक्रम अंगाडी बढाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*