रोटरी मेडिको फ्युजनले सुरु गर्यो ‘जथाभावी नथुकौं’ अभियान

खबरपथ संवाददाता
२५ पुष २०७७, शनिबार १६:५६

बुटवल । रोटरी ई–क्लव मेडिको फ्युजन हाइब्रीड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ । थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लवका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेललेब ताउनुभयो । अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट सुभारम्भ गरिएको छ ।

अभियानको सुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै यसलाई सफल बनाउन नगरपालिका सहकार्य गर्न सदैव तत्पर रहेको स्पष्ट पार्नु भयो ।
जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोग समेत फैलाउँछ ।
युरोपल गायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास महत्व नदिँदा विभिन्न प्रकारका संक्रामक रोगहरुथुक कैं कारण फैलिने गरेका छन् ।
एक सय वर्ष अघि युरोपमा  महामारी फैलिँदा गाडी र टोल टोलमा  जथाभाबी नथुकौ थुकले मृत्यु फैलाउछ ।” भन्ने सूचना टाँस गरिएको थियो । त्यस यता यूरोपतिर कसैले पनि बाटो, पार्क लगायतका सार्वजनिक स्थानमा थुक्दैनन् । तोकिएको ठाउँमा मात्र थुक्ने गरिन्छ ।


त्यहाँ जथाभावी थुक्न नहुने विषय मानव सभ्यता, आनीबानी र व्यवहार सँग जोडिएको छ । नेपाली जनमानसमा समेत यो विषयमा सचेतना बढाउन अभियान सुरु गर्नुपरेको डा. पोखरेलले बताउनुभयो । उहाँका अनुसार यो अभियानलाई स्कुल, कलेज हुँदै सबैतिर सञ्चालन गरिनेछ । ‘अब आजैबाट हामी सबैले जथाभाबी
नथुक्ने प्रण गरौं ।’ उहाँ भन्नुहुन्छ, ‘यसो हुँदा मृत्यु फैलिनबाट रोकिन्छ ।’ कोरोना रोग समेत थुकबाटैं सर्ने भएकोले अहिलेको अवस्थामा यो अभियान सान्दर्भिक भएको उहाँको भनाइ छ ।
कार्यक्रममा रोटरीका एजी राजकुमार गुप्ता, क्लव सचिव इन्जु ज्ञवाली, अप्सरा नेपाल लगायतले अभियानको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । रोटरी ई–क्लव मेडिको फ्युजन हाइब्रीड नेपालमा चिकित्सक र उनीहरुका श्रीमान/श्रीमतीहरु आवद्ध छन् । ५० जना सदस्यमध्ये ३७ जना चिकित्सक छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*