प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

खबरपथ संवाददाता
९ माघ २०७७, शुक्रबार १५:२९

काठमाडौं । प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट समेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको छ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटी मण्डपमा पुगेर सभामा परिणत भएको छ ।

प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*