सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया सम्पन्न

खबरपथ संवाददाता
१४ माघ २०७७, बुधबार १६:३५

बुटवल । सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग संघको संयुक्त आयोजनामा सामाजिक सुरक्षा योजना बिषय अन्तक्र्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बोहोराले सरकारले सम्बन्धित क्षेत्रहरुसँग गम्भिर छलफल विना नै एकतर्फी ढंगबाट लागु गरेको सामाजिक सुरक्षा योजनाले उद्योगीहरु संसकित र चिन्तित बनेको र उद्योगीहरु यस विषयमा जानकार समेत नभईसकेकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताउनु भएको थियो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रशासकीय अधिकृत प्रकाश घिमिरेले कोष स्थापना, संचालन कार्यविधि र गतिविधिहरु सम्बन्धमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागी उद्योगीहरुले सबै उद्योगहरुलाई एउटै दाँजोमा राखेर सामाजिक सुरक्षा योजना अनिवार्य गरिनुले घरेलु तथा साना उद्योगहरु अप्ठेरोमा परेको बताएका थिए । सहभागी उद्योगीहरुले उद्योगहरुको मापदण्ड तयार गरेर क्रमशः योजना लागु गर्नुपर्ने र सबै उद्योगीहरु तत्कालै सहभागी हुन नसक्नेमा समेत जोड दिएका थिए । अन्तक्र्रियामा उद्योगी विवेक रत्न गुभाजु, रमेश आचार्य, शारदा रेग्मी भट्टराई, विनोद प्रसाद चौधरी, महेन्द्र कार्की लगायतले जिज्ञासा राख्नु भएको थियो । कार्यं क्रममा संघका पदाधिकारी,कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु र उद्योगीहरुको सहभागिता रहेको थियो ।
कार्य क्रमको सचालन संघका महासचिव जिवकान्त काफ्लेले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*