प्रधानमन्त्रीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

खबरपथ संवाददाता
१५ माघ २०७७, बिहीबार २२:१९

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता डाक्टर कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*