आज शहीद दिवस : विशेष कार्यक्रम गरी शहीदलाई सम्झिँदै

खबरपथ संवाददाता
१६ माघ २०७७, शुक्रबार १२:४२

काठमाडौं । आज शहीद दिवस देशभर विशेष कार्यक्रमको आयोजना गरी बिर सहिदको सम्मान तथा सम्झना गरिदैछ । मुलुकमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ ।

वीर शहीदहरुको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाईदै आईरहेको छ ।  स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली र माघ १३ गते धर्मभक्त माथेमालाई सिफल तथा गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

सरकारले शहीद दिवस विशेष कार्यक्रम सहित मनाउने घोषणा गरेको छ । शान्ति वाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गी सहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ ।

मुलुकमा पछिल्लो पटक विभिन्न कारणले ज्यान गुमाएकालाई समेत शहीद घोषणा गर्नुपर्ने दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासो बढ्न थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*