सुरक्षाको ग्यारेन्टी हुने क्षेत्रको व्यवसाय फस्टाउंछ

खबरपथ संवाददाता
१७ माघ २०७७, शनिबार १९:४०

बुटवल । जहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ त्यहाँको व्यवसायको प्रवद्र्धन अनिवार्य हुन्छ भन्ने कुरालाई व्यवसायीले मनन गर्नु पर्ने कुरामा बुटवलमा आयोजित एक कार्यक्रममा वोल्ने व्यक्तिहरुले जोड दिएका छन ।
शान्ति सुरक्षाको प्रत्याभूती नुहने स्थान, क्षेत्रमा व्यवसाय फस्टाउन सक्दैन भन्ने विषयलाई हरेक क्षेत्रका व्यवसायीले बुझन जरुरी रहेको कार्यक्रममा औल्याईएको थियो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शनिवार बुटवलमा गरेको व्यवसायीक अन्तरक्रियामा वोल्ने व्यवसायीले कोरोनाको माहामारीले थला परेको पर्यटन व्यवसायलाई बचाउन र फस्टाउने गरि वातावरण मिलाई दिन सुरक्षा निकाय समक्ष आग्रह गरेका थिए ।
अन्तरक्रियामा व्यवसायीले रुपन्देहीको बुटवल शहरलाई उज्यालो शहर बनाउनका लागि रात्रीकालिन समयमा बुटवलको कालिका पथबाट अभियान शुरु गर्न माग गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नाउव उपरीक्षक प्रतित सिंह राठौरले बुटवललाई आर्थिक क्षेत्रको हब बनाउनका लागि आवश्यक पर्ने जस्तो सुकै सुरक्षा व्यवस्था प्रदान गर्न प्रहरी प्रशासन तयार रहेको बताउनु भयो ।
उहाँले जहाँको सुरक्षा व्यवस्था राम्रो हुन्छ त्यहाँको व्यवसाय फस्टाउने कुरालाई ध्यानमा राखी व्यवसायीक मर्यादालाई आत्मसाथ गर्न माग गर्नु भयो ।
होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले बुटवलको कालिका पथ क्षेत्रलाई काठमाडौको ठमेल सहर विकास गर्न सके यस क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुने हुनाले राजनैतिक दल ,नागरिक समाज, प्रहरी प्रशासन बीच समन्वय जरुरी रहेको धारणा राख्नु भयो । संघका अध्यक्ष समुन्द्र जिसीले कोभिडको माहामारीले घर भाडा तिर्न नसकेर रुपन्देहीबाट एक सय बढी व्यवसायीले व्यवसाय नै छाडेको बताउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ , महासचिव माधव कुमार खनाल व्यवसायीहरु बाबुराम अर्याल, सन्तोष मल्ल, अतित थापा, सनोज श्रेष्ठ लगायतले बुटवल क्षेत्रमा व्यवसाय संचालन गर्ने रात्रीकालिन क्लवहरु, लाईभ म्यूजिक, क्याफे तथा होटल रेष्टुरेण्ट बन्द गर्ने समयाबधी लम्बाउन माग गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*