म्यानमारकी नेतृ सुकी सैनिक हिरासतमा

खबरपथ संवाददाता
१९ माघ २०७७, सोमबार ०९:३४

काठमाडौं । म्यानमारकी सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी की नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । उक्त जानकारी एनएलडीका प्रबक्ताले वक्तव्य जारी गर्दै जानकारी दिएका छन् ।

केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ । सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको छ ।

बीबीसीका अनुसार म्यानमारको राजधानी सहितका मुख्य मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्। सुकीले विश्व प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*