मानव कल्याण मित्रमञ्चले नारीका समस्या र समाधान विषयक वक्तित्वकला प्रतियोगिता गर्ने

खबरपथ संवाददाता
१९ माघ २०७७, सोमबार १७:०३

बुटवल । सामाजिक सेवाभाव गर्ने लक्ष्य सहित स्थापना भएको मानव कल्याण मित्र मञ्च नेपालले अन्र्तराष्टिय नारी दिवस र मञ्चको स्थापना दिवसको उपलक्ष्यमा चेतनामूलक सामाजिक काम गर्ने निर्णय गरेको छ ।
प्रवासी नेपालीमित्रमञ्चको नाममा भारतमा स्थापन गरिएको संस्थाको सहयोगमा नेपालमा संचालित मानव कल्याण मित्रमञ्चले नेपालमा दुखमा परेका असहायवालवालिका अपाङ , वृद्ध ,वृद्धाहरुको सहयोगमा सामाजिक काम गदै आएको छ ।
गरिव विद्यार्थीहरुलाई न्यायो कपडा कोभिडको समयमा खान नपाएकालाई खाद्यान्य सहयोग गदै आएको छ ।
कोही साहै पीडित अवस्था भएकाहरुले सहयोगकालागि मञ्चको कार्यालयमा सम्र्पक गर्न समेत मञ्चका अध्यक्ष् यदुर्गा प्रसादअर्यालले आह्वान गर्नु भएको छ ।
आउदो फागुन २४ गते पर्ने नारी दिवसको उपलक्ष्यमा मञ्चले तिलोत्तमा नगर स्थितरिय सामुदायिक विद्यालयका मा वि तहका छात्राबीच नेपालीनारीका समस्या र समाधानका उपाय विषयक वक्तित्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । कार्यक्रमका लागि महिला विभाग संयोजक पार्वती केसी कविता पन्थीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तैमञ्चको स्थापनाको दिनआउदो चैत्र ९ गतेका दिनलु म्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मने पहिलो १० जनावालिकालाई जनही ३१०० रुपैयांको आर्थिक सहयोग स्वरुप अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष अर्यालले बताउनु भयो ।
मञ्चका अध्यक्षदुर्गा प्रसाद अर्यालको सभापतित्वमा संरक्षक पुरुषोतम भटृराई, धु्रवराज मरासिनी अम्बिका अर्याल महिलाविभाग संयोजक पार्वती केसी कविता पन्थी लगायतको उपस्थितीमा बसेको बैठकले चेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सामाजिक काम गदै आएको मञ्चले हालै तिलोत्तमाको वनवाटिका नजिकै संचालित कोभिड आईसोलेसन सेन्टरमा २ लाख ५२ हजार बरावरको आईसियू बेड पनि प्रदान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*