पार्टीको आधिकारिकता दाबी गर्न दाहाल-नेपाल निर्वाचन आयोगमा

खबरपथ संवाददाता
२० माघ २०७७, मंगलवार १२:०९

काठमाडौँ। नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल पार्टीको आधिकारिकता दाबी गर्न  निर्वाचन आयोगमा पुगेका छन् ।

पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न दाहाल र नेपाल आयोगको कार्यालय पुगेको नेता शिव कुमार मण्डलले जानकारी दिए ।

उनीहरूका साथमा नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डे लगायतका नेताहरू पनि आयोगमा पुगेका छन् ।

साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*