पत्रकार महासंघ श्रमजीवीको पक्षमा छ : अध्यक्ष आचार्य

खबरपथ संवाददाता
२१ माघ २०७७, बुधबार २१:५३

बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघ श्रमजीवी पत्रकारको पक्षमा निरन्तर लाग्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ रूपन्देहीको बार्षिक साधरणसभालाई बुधबार बुटवलमा उद्धघाटन गर्दै अध्यक्ष आचार्यले कोरोना महामारीका समयमा सञ्चारगृहले विभिन्न वाहना बनाई पत्रकारलाई बेतलवी विदामा राखेको र पारिश्रमिक नै नदिएको गुनासो आएपछि महासंघको अगुवाइमा पत्रकार पुर्नवहाली र बक्यौता रकम प्रदान गरेको बताउनुभयो ।

अध्यक्ष आचार्यले कोरोनाबाट उत्पन्न समस्या हल गर्नका आफूले अल्पकालिन र दिर्घकालिन रूपमा समाधानका लागि सरकारलाई सुझाव दिएको बताउनुभयो । उहाँले मिडियाले औधोगिक ऐन परिमार्जन गरि सेवामूलक उद्योगको मान्यता पाएको र त्यसबाट लाभ लिनुपर्ने कुरामा जोड दिनुभयो ।

महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहालले पत्रकार महासंघ पत्रकारहरुको हितका लागि सदैव लागि परेको बताउनुभयो ।

बुटवलको मिलनचोक स्थित सिद्धार्थ कटेजमा भएको साधारण सभामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केशी, संविधानसभा सदस्य बिनोद पहाडी, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, महासंघका पुर्व अध्यक्ष डिआर घिमिरे, सल्लाहकार हरी लम्साल, सञ्चारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पश्चिमाञ्चल यातायात व्यवसायी प्रालीका अध्यक्ष यमप्रसाद पाण्डे, रोडाढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सोही समारोहमा अग्रज पत्रकार नारायण सापकोटाद्धारा स्थापित वातावरण पत्रकारिता पुरस्कार २०७७ वाट पत्रकार लक्ष्मण पौडेललाई सम्मानित गरिएको थियो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  उपाध्यक्ष दिनेश पाण्डेको स्वागत तथा सचिव रामप्रसाद आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*