महासंघ रुपन्देहीद्धारा पत्रकारलाई मासिक भत्ताको व्यवस्था गर्न माग

खबरपथ संवाददाता
२१ माघ २०७७, बुधबार २२:३०

बुुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले दीर्घ सेवा गरेका सञ्चारकर्मीहरुलाई मासिक भत्ताको व्यवस्था गर्न माग गरेको छ ।
बुधबार सम्पन्न बार्षिक साधरणसभाले पत्रकारिता पेशामा लागेर ३० वर्ष बिताएका वा ६० वर्ष पुुगेका पत्रकारलाई मासिक रुपमा भत्ताको व्यवस्था गर्न माग गरेको हो । साधरणसभाले दीर्घसेवा सुविधासँगै न्यूूनतम पारिश्रमिक कार्यान्वयन तथा कोरोनाका वाहनामा विदामा राखेका पत्रकारलाई फर्काउने लगायतका ११ बुँदे निर्णय गरेको छ । न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू नभएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै पूर्ण रुपमा लागू गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

सभाले कोभिड संक्रमित पत्रकारहरुको कोरोना विमा उपलब्ध गराउन ढिलाई भएकाले तत्तकाल विमा रकम उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ । साधरणसभाले सञ्चार साधनमा अनुदान, प्रोत्साहनका लागि पहल गर्न विभिन्न तहका सरकारलाई आग्रह गर्ने, साना तथा स्वरोजगार सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने प्रावधान खुकुलो पानुपर्ने लगातयका निर्णय गरेको छ । महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली संयोजक, ऋषि आजाद र कल्पना तिवारी सदस्य रहेको समितिले ११ बुँदे प्रस्ताव तयार पारेको थियो ।

बन्दसत्रले सचिव रामप्रसाद आचार्य र कोषाध्यक्ष स्वस्तिक श्रेष्ठको प्रतिवेदन पारित गरेको छ । बन्दसत्रमा महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव केन्द्रीय प्रतिनिधि विनोद पहाडी, अध्यक्ष मण्डलका संयोजक डिआर घिमिरे, महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि लगायतले बोलेका थिए । अध्यक्ष मण्डलमा संयोजकमा डिआर घिमिरे, सदस्यमा भरत केसी र माया गौतम रहेका थिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको बार्षिक साधरणसभाबाट पारित ११ बुँदे प्रस्ताव
१. यो साधरणसभा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र संरक्षणमा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
२.अझै पनि न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागूनभएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै यो साधरणसभा यथाशिघ्र पूर्ण रुपमा लागू गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दछ ।

३.यो साधरणसभा कोभिड १९ का कारण अन्य क्षेत्र जस्तै सञ्चारकर्मी र सञ्चारमाध्यमहरु गम्भिर रुपमा प्र्रभावित भएकाले प्रभावित सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई राहात उपलब्ध गराउन विभिन्न तहका सरकारहरुलाई अनुरोध गर्दछ ।

४.कोभिडको वाहनामा सक्षम कतिपय मिडियाले समेत सञ्चारकर्मीलाई विदा दिने, पारिश्रमिक घटाउने जस्ता गतिविधि भएको पाइएकाले काममा फर्काउन र पूर्ण पारिश्रमिक उपलब्ध गराउन यो साधरणसभा माग गर्दछ ।

५. कोरोना विमाका लागि आर्थिक तथा सुरक्षा सामाग्री उपलब्ध उपलब्ध गराउने तहलाई धन्यवाद ज्ञापन गर्दै यो साधरणसभा कोभिड संक्रमित भएका कयौं पत्रकारहरुको कोरोना विमा उपलब्ध गराउन ढिलाई भएकाले तत्तकाल विमा रकम उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

६. यो साधरणसभा सञ्चारकर्मी, लेखक/स्तम्भकारलाई सञ्चार साधनमा अनुदान, प्रोत्साहनका लागि पहल गर्न विभिन्न तहका सरकारलाई आग्रह गर्दछ ।

७. साना तथा स्वरोजगार सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने प्रावधान खुकुलो पार्न आग्रह गर्दछ ।

८. दुर्घटना विमालाई थप प्रभावकारी बनाउन आवश्यक भएको ठहर गर्दै यो साधरणसभा दीर्घ सेवा गरेका सञ्चारकर्मीहरुलाई मासिक भत्ताको व्यवस्था गर्न माग गर्दछ ।

९. यो साधरणसभा पछिल्लो पटक सकृय अस्तित्वमा रहेका अनलाईन लगायतका मिडियालाई व्यवस्थित गर्न, नियमन गर्न र प्रोत्साहन गर्न आह्वान गर्दछ ।

१०. सञ्चारमा सक्षम जनशक्ति उत्पादन र व्यवस्थापनका लागि तालिम, गोष्ठि, अध्ययनका लागि सघाउन विभिन्न सरोकारवालाहरुसँग यो साधरणसभा अपिल गर्दछ ।

११. नेपाल पत्रकार महासंघमा पहिलो पटक प्रयोगमा आउन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीलाई सफल पार्ने प्रतिबद्धता गर्दै यो साधरणसभा सम्पन्न गर्न सहयोग गर्न सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

पत्रकार महासंघ श्रमजीवीको पक्षमा छ : अध्यक्ष आचार्य

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*