प्रचण्ड–माधव पक्षको आमहड्ताल

खबरपथ संवाददाता
२२ माघ २०७७, बिहीबार ०७:३३

बुटवल । आज नेकपाको प्रचण्ड-माधव पक्षले आमहड्ताल गरेको छ । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन्  भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् ।

प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए। सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*