काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी

खबरपथ संवाददाता
२२ माघ २०७७, बिहीबार ०७:४७

काठमाण्डौं । काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ । बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो ।

ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो । ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ भने प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ।

प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए। सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*