फागुनको पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड

खबरपथ संवाददाता
२२ माघ २०७७, बिहीबार १२:४६

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संभवत : फागुनको पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुनसक्ने बताएका छन् । उनले संयुक्त आन्दोलनले सबै लोकतन्त्रविरोधी र निरंकुशताका पक्षपातिलाई बढार्ने बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आमहड्ताल आफूहरुको रहर नभई बाध्यता भएको बताए । ७० बर्ष लडेर ल्याईएको संविधान धरापमा परेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए ।

यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालमा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*