कक्षा १२ मा उत्कृष्ट होराइजनकी सुम्निमालाई सम्मान

मनमा विश्वास र कर्ममा लगनशिल भए सफलता : श्रेष्ठ
खबरपथ संवाददाता
२३ माघ २०७७, शुक्रबार २०:१०

बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय , बुटवलले कक्षा १२ मा ‘नेपाल प्रथम’ हुन सफल छात्रा सुम्निमा श्रेष्ठ लगाएत उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुहरुलाई सम्मान गरेको छ । विद्यालयले शुक्रबार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।

नेपाल सरकारको पछिल्लो शिक्षा नियमावली अनुसार कक्षा ११ र १२ लाई माध्यमिक तह सरह निर्धारण गरेपछि बुटवल–११ कालिकानगर स्थित मातृसंस्थामा पहिलो व्याचको रुपमा सञ्चालित कक्षाकी विद्यार्थी सुम्निमा श्रेष्ठले ४ जिपिए प्राप्त गरी देशमै उत्कृष्ट बन्न सफल भएकी हुन् । उनले कक्षा १० मा पनि ४ जिपिए प्राप्त गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले विद्यायलको शैक्षिक वातावरणसँगै शिक्षकको उत्प्रेरणा र पारिवारिक समर्थनले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन् ।

उनले भनिन्‘ सानैदेखि विभिन्न विद्यामा उत्कृष्ट हुने दाजुदिदीहरुको तस्वीर भित्तामा देख्दा मलाई पनि विद्यालय,परिवार र समाजका लागि केही गर्ने रहर जागेको थियो । त्यो रहर पूरा गर्न निरन्तर मिहिनेत,विद्यालयको अनुशासित शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा , परिवारको साथ र साथीहरुको प्रोत्साहनले मलाई सधैं उर्जा दियो । फलस्वरुपः आज उत्कृष्ट नतिजासहित यस स्थानबाट आफ्ना अनुभव सेयर गरेकी छु । ’

कार्यक्रममा उनीसँगै विद्यालयले व्यवस्थापन संकायबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्ने दिव्या उपाध्याय लगाएत कक्षा १२ बाट उत्कृष्ट नतिजा हासिल गर्ने सक्षम देवकोटा,सबिना बस्याल,समृद्धि ज्ञवाली,दिव्या उपाध्याय लगाएत उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाईसहित सम्मान गरेको थियो । त्यसैगरी कक्षा ११ मा ४ जिपिए प्राप्त गर्ने आस्था शर्मा,रुची रेग्मी,रञ्जना भण्डारी ,अपिल चौधरी लगाएतका विद्यार्थीहरुलाई पनि बधाई तथा सम्मान गरिएको कक्षा ११ र १२ का संयोजक प्रकाश खनालले जानकारी गराए ।

विद्यायल व्यवस्थापन समितिका अधयक्ष ज्ञानेन्द्र कसजुको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय,सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सुम्नि श्रेष्ठका अभिभावक अजयमान श्रेष्ठ,विद्यालयका कोषाध्यक्ष तथा क्षितिज इन्टरनेशनल र बुटवल मोडेल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ ,अभिभावक महासंघ,रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगाएत बोल्दै विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा दिँदै आएको र सोही क्रममा थप सफलता थपिएको बताए । कार्यक्रम विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत मन्तव्य र शिक्षक हरिप्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*