बुटवलमा कांग्रेसको शुभेच्छुक संस्थाहरुको विरोध प्रदर्शन

खबरपथ संवाददाता
२४ माघ २०७७, शनिबार १४:०६

बुटवल । नेपाली कांग्रेसले संसद विघटनविरूद्धको तेस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत आज देशैभरी प्रदर्शन गरेको छ ।

शनिवार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले बुटवलको राजमार्ग चौराहामा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्ताले राजमार्ग चौराह देखी मिलनचोक सम्म सडकमा मुखमा कालो माक्स लगाएर प्ले कार्ड र व्यानर सहित प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै कांग्रेस आन्दोलित भएको हो ।

नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*