स्व. जंग बहादुर घिमिरेको नवौं दिनको पुन्य तिथिमा श्रद्धान्जली सभा सम्पन्न

खबरपथ संवाददाता
२५ माघ २०७७, आईतवार २०:०९

बुटवल । शिवनगर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नारायण बहादुर घिमिरेको पुजनिय दाजु जंग बहादुर घिमिरेको नवौं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ ।

आईतवार शिवनगर बन उपभोक्ता समितिका कार्यसमितीका पदाधिकारी सदस्य, लेखा समितीका सदस्य तथा सल्लाहकारहरु स्वर्गिय जंग बहादुर घिमिरेको निवास छपियामा पुगी श्रद्धान्जली सभा गरिएको हो । श्रद्धाञ्जली सभामा शिवनगर बन उपभोक्ता समितिका उपाध्यक्षद्धय थानेश्वर बश्याल, गिता ज्ञवाली , सचिव श्यामकला आचार्य , कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु) , सहसचिब उमादेबी थापा क्षेत्री , लेखा समितिका सदस्य हरि प्रसाद रेग्मी , निवर्तमान अध्यक्ष नारायण बाबु बस्नेत , सल्लाहकार युवराज घिमिरे , प्रेस सल्लाहकार राजेन्द्र जङ्ग रायमाझी , तिलोत्तमा सब डिभिजनका फरेष्टर खुमानन्द भड्ढराई, सदस्यहरु गिता खनाल , रचना श्रेष्ठ , राम बहादुर खनाल क्षेत्री , लक्ष्मी ज्ञवाली , बिष्णु पराजुली , अर्जुन कुंवर ,ओम गिरी, धन बहादुर क्षेत्री ,लगायतको उपस्थिति रहेको थियो ।

श्रद्धान्जली सभामा उपस्थित पदाधिकारीहरुले एक मिनेट मौन धारण र स्वर्गिय घिमिरेको फोटोमा फूल चढाई श्रद्धान्जली अर्पण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*